नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा यहि बैशाख ३० गते हुन गइरहेको स्थानियतह निर्वाचनका लागि उम्मेदवारीहरुको टुंगो लगाएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ०३ ले आसन्न निर्वाचन नजिकिदै गर्दा उम्मेदवारीहरुको नाम हिजो बसेको बैठक बाट निश्चित गरेको हो।बैंठकबाट अध्यक्षमा रबि श्रेष्ठ,महिला सदस्यमा धनुमाया डङ्गोल,दलित महिला सदस्यमा बबिता रम्तेल,वडा सदस्यमा राजेश लामा(तामाङ) तथा वडा सदस्य ईश्वर कार्कीको नाम टुंगो लगाएको हो।

 

नेकपा एकीकृत समाजवादीको १३ वटा नै वडाहरुमा निर्वाचनको उम्मेदवारहरु निश्चित भैसकेको तथा गठबंधन बिना समेत एकलै निर्वाचनमा जान सक्ने भन्दै तयार रहन भनी नगरकमिटीको बैठकमा समेत सो बिषयमा कुरा उठाएको थियो त्यसैले पनि १३ वटै वडाहरुमा उम्मेदवारहरु निश्चित गरेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय