नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ द्वारा आज एक कार्यक्रम मार्फत बूढानीलकण्ठ नगरपालिकामा नवनिर्वाचित प्रमुख तथा उपप्रमुख लाई बधाई ज्ञापन पत्र बुझाएको छ भने नगरपालिकाले गर्ने राम्रो कामलाई समर्थन गर्ने तथा भ्रष्टाचार,अव्यवस्थित प्लटिङ,बालुवा एवं खोलानालाको बिनास जस्ता प्रकृतिदोहनका कार्यहरू विरुद्ध खबरदारी गरेको छ।
आज भएको उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष कुसुमकुमार कार्कि लगायत नेकपा एकीकृत समाजवादीका बूढानीलकण्ठ नगरपालिकाका प्रत्यासी प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठ उपप्रमुख प्रमिला सापकोटा सहितको उपस्थितमा सो पार्टीको कार्ययोजना तथा कार्यक्रमको प्रतिबद्धतापत्र समेत नवनिर्वाचित प्रमुख तथा उपप्रमुख लाई हस्तान्तरण गरि आउदो आर्थिक बर्षमा नीति तथा कार्यक्रममा समावेश गरि बूढानीलकण्ठ नगरपालिकाले पनि कपन लाई डुबान मुक्त क्षेत्र र ऎतिहासिक बूढानीलकण्ठ मन्दिर निर्माण गर्ने जस्ता गौरवको आयोजनाहरु गर्ने सुझाव दिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सदस्य समेत रहेका कुसुमकुमार कार्की द्वारा आफू पनि जनता द्वारा निर्वाचित प्रतिनिधि रहेको सोही क्षेत्रको जनताले चुनेर पठाएको प्रतिनिधि रहेको भनी स्मरण गराएको थियो भने नगरपालिका प्रमुख प्रत्यासी उम्मेदवार बालकृष्ण श्रेष्ठले बूढानीलकण्ठ नगरपालिकामा हुने गरेको जनताको सेवामा ढिलासुस्ती नगरी चुस्तदुरुस्त छिटोछरितो कामहरु सम्पन्न गराउन अनुरोध गरेको थियो ।
आजको उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी स्थानिय तहको निर्वाचनमा सहभागी रहेका उम्मेदवारहरुका साथै पार्टीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियोे ।







