कोभिड १९ को तेस्रो लहर सुरु भए सङगै देशमा अहिले यसबाट प्राय हरेक क्षेत्रलाई प्रभाव पारेको छ।यसलाइ नै मध्य नजर गर्दै बुढानिलकण्ठ नगरपालिका युवा संघ नेपालले साताब्यापी कोभिड १९ विरुद्धको अभियान आज समापन गरेको छ।

नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालद्वारा साताव्यापी कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम यहि माघ १६ गते आइतबार देखि कपन ह्याण्डबलबाट सुरु गरि बुढानिलकण्ठ नगरभरी विभिन्न क्लस्टरमा हरेक दिन बिहानको ८:३० बजेदेखि १०:०० सम्म फेस माक्स, सिटामोल, स्यानिटाइजर वितरण गरेको हो। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को ह्याण्डबल ग्राउन्ड चोकबाट सुरु गरेर तरकारी बजार, पयुटार, फैका चोक, चुनिखेल, हात्तिगौडा हुँदै बुढानिलकण्ठ मन्दिरमा गएर यस कोभिड१९ विरुद्धको सचेतनामुलक अभियान समापन गरेको थियो। साथै कपन प्रहरी विभागलाई माक्स र स्यानिटाइजर सहयोग गरीे अन्य सामाजिक गतिविधिमा साथ र सहयोगका लागि युवा संघ नेपाल बुढानिलकण्ठ नगरकमिटिले छलफल समेत गरेको थियोे ।

 

उक्त साताव्यापी सचेतनामुलक कार्यक्रम समापनमा नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण श्रेष्ठ,काठमाडौं जिल्ला कमिटी उप-सचिब तथा काठमाडौं क्षेत्र नम्बर ४ अध्यक्ष धुर्बराज न्यौपाने,बाग्मती प्रदेश कमिटी सदस्य निराजन नेपाल,काठमाडौ जिल्ला बद्री कार्की, राजाराम भण्डारी,अनेम संघ काठमाडौ क्षेत्र नम्बर ४ संयोजक रेनुका पराजुली पौडेल,क्षेत्र नम्बर ४ सचीव पुरुषौतम नेपाल, क्षेत्र नम्बर ४ सदस्य सुबास श्रेष्ठ बुढानिलकण्ठ नगरकमिटी अध्यक्ष हरिराम ढुंगाना, नगर सदस्य जीवन थापा, क्षेत्र नम्बर ५ संयोजक रामकृष्ण सेढाई क्षेत्रीय उपाध्यक्ष धनुमाया डङ्गोल , युवा संघ नेपाल सचिवालय सदस्य रामशरण सापकोटा,बिष्णु भट्टराई, युवा संघ नेपाल केन्द्रिय सदस्य विशाल काफ्ले नेकपा (एस) बुनपा ११ अध्यक्ष बिमल लामा, नेकपा (एस) बुनपा १ अध्यक्ष श्याम वाइवा, युवा संघ नेपाल बुढानिलकण्ठ नगरपालिका अध्यक्ष आकाश श्रेष्ठ लगायत बुढानिलकण्ठ नगरपालिका युवा संघ नेपालका युवाहरुको उपस्तिथिमा कार्यक्रम भब्य समापन गरिएको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय