नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सांसद नरेश शाही मन्त्रि हुने भएका छन् । पार्टीले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेसंगै शाही मन्त्रि हुन लागेका हुन् ।
काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोनियताको सपथ लिए लगत्तै समाजवादीबाट शाहीलाई मन्त्रीमा शपथ गराइनेछ तयारी रहेको समाजवादीका एक नेताले बताए । काँग्रेस नेतृत्वको सरकारमा सहभागी हुन लागेको समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ ।
यसअघि मुख्यमन्त्रि बनेका राजेन्द्रसिंह रावलले हिजो प्रदेससभामा विश्वास मत नपाएर पद मुक्त भएपछि शाहले ठुलो दलको हैसियतले स्वतह मुख्यमन्त्री पाएका थिए । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेपछि त्यसको असर केन्द्र सरकारमा पर्नसक्ने अनुमान समेत गरिन थालेको छ।







