नेकपा एकीकृत समाजवादीले जारी गर्‍यो प्रेस विज्ञप्ति,उम्मेदवार छान्ने मापदण्ड तय गरिने ।नेकपा एकीकृत समाजवादीले आज एक प्रेस विज्ञप्ति जारी गरिएको छ । उक्त प्रेस विज्ञप्तिमा आज नेकपा (एकिकृत समाजवादी) केन्द्रीय सचिवालयको ३४ औ बैठक पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बस्यो । बैठकले निम्नानुसार निर्णय गरेको छ।

१. आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फवाट जारी गर्ने घोषणा पत्र मस्यौदा गर्न उप-महासचिव प्रकाश ज्वाला, उप महासचिव डा. गंगालाल तुलाधर र उप-महासचिव डा. विजय पौडेललाई जिम्मा दिने।

२. आगामी निर्वाचनमा पार्टीका तर्फबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनौट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्वधमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेश गर्न पार्टी महासचिव डा. बेदुराम भुसाललाई जिम्मा दिने ।

३. आगामी निर्वाचनका लागि निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मा दिने ।

४. दल दर्ता सम्वन्धी आवश्यक काम गर्न उप-महासचिव एवं कार्यालय सचिव डा. गंगालाल तुलाधरलाई
जिम्मा दिने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय