साउन१६, काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक आज सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको सो बैठकले काठमाण्डौ जिल्लाका ११ नगरपालिकामा अध्यक्ष चयन गर्ने कार्यक्रम आज सम्पन्न भएको हो।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ,केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,केन्द्रीय सदस्य तथा सह- इन्चार्ज रामेश्वर फुयाल,नारायण सिलवाल ,केन्द्रीय सदस्य केशव स्थापित ,बागमती प्रदेस कमिटीका सचिव खेम लोहनी  लगायतको उपस्थितिमा भएको सो बैठकले पार्टीको विधान अधिवेशनका लागि प्रस्तावित विधानलाई वडा तह सम्म छलफलमा लैजाने निर्णय पनि गरेको छ।

त्यस्तै गरि एक हप्ताभित्र काठमाण्डौका ११ वटै नगर कमिटीको बैठक र सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको बैठकले असोज ३ गते हुने वडा  र असोज ९ गते हुने नगर अधिवेशनको तयारीका लागि सबै स्थानीय कमिटीहरुलाई निर्देशन समेत दिएको छ।नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा  ४८ सदस्यीय सचिवालय चयन  बैठकले गरेको नगर कमिटी अध्यक्षहरु चयनको निर्णयलाई अनुमोदन गरेको छ।

काठमाडौ जिल्लाको नेकपा एमाले पार्टी कमिटिमा नगरप्रमुखहरुको आजको कार्यक्रमले चयन गर्ने पनि सम्पन्न गरेको छ।
हेर्नुहोस तल:-
१. काठमाण्डौ महानगरपालिका – निर्मल देउला

२. शंखरापुर नगरपालिका – राम कुमार तिवारी

३. कागेश्वरी मनोहरा नगरपालिका – ज्योतिराम फुयाल

४. गोकर्णेश्वर नगरपालिका – उद्दव बिस्ट

५. बुढानिलकण्ठ नगरपालिका – प्रदिप डंगोल

६. टोखा नगरपालिका – सत्यनारायण डंगोल

७. तारकेश्वर नगरपालिका – बसु गौतम

८.चन्द्रागिरी नगरपालिका – राजु श्रेष्ठ

९. किर्तिपुर नगरपालिका – राधाकृष्ण बस्नेत

१०. दक्षिणकाली नगरपालिका – राम लो

११. नागार्जुन नगरपालिका – नन्दनहरी गौतम

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय