नेकपा एकीकृत समाजवादी पार्टीले जिरी नगरपालिकामा
बृहत् कमिटी गठन कार्यक्रम आयोजना गरेको छ।कार्यक्रमा
२६ सदस्यीय सहितको नगरकमिटी गठन भएको छ भने युवा
संघ नेपाल जिरी कमिटी र अनेम संघ पनि क्रमश २३ सदस्यीय र १४ सदस्यीय सहितको गठन भएको छ।
नेकपा एकीकृत समाजवादीले अहिले तिब्रगतिमा कमिटी बिस्तार लगायत संगठनलाई सृजनात्मक कार्यहरुमा कृयासिल बनाएको छ हिजो भएको उक्त बृहत् भेला कमिटी गठन कार्यक्रममा नेपाल कम्युनिष्ट एकीकृत समाजवादी पार्टी जिरी नगर अधिवेशन आयोजना गरिएको छ । अधिवेशनले शैलेन्द्र खड्काको अध्यक्षतामा २६ सदस्यीय जिरी नगर कमिटी गठन गरेको छ। अधिबेशनमा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य बिदुर सापकोटा, केन्द्रीय सदस्य गोपाल न्यौपाने, दोलखा जिल्ला पार्टी कमिटी अध्यक्ष भीमप्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
सो भेलाले अनेम संघमा सुनिता दाहालको नेतृत्वमा २३ अखिल नेपाल महिला संघ जिरी नगर कमिटी गठन गरेको छ भने अरुण शेर्पाको नेतृत्वमा १४ सदस्यीय युवासंघ जिरी नगर कमिटी गठन गरेको छ ।
कार्यक्रममा नेकपा समाजवादीका दोलखा जिल्ला उपाध्यक्ष भुबन केसी, उपसचिव घनश्याम रिजाल, युवासंघ केन्द्रीय कमिटी उपमहासचिब अशोककुमार दाहाल, अनेमसघं केन्द्रीय सदस्य संगीता पाख्रिन, युवासंघ केन्द्रीय सदस्य विशाल काफ्ले क्षेत्री, इश्वर कार्की लगायतको उपस्थिति थियो । युवा संघ दोलखा जिल्ला कमिटी सहअध्यक्ष रामहरि शिवाकोटी, सहसचिव बिष्णु थापा, अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष तेजस्वी खड्काको उपस्तिथिमा कार्यक्रम भब्य समापन गरिएको थियोे ।







