नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगर कमिटीको प्रथम पुर्ण बृहत भेला यहि आउँदो शनिबार कार्यक्रम आयोजना हुने भएको छ।
बुढालीकण्ठ नगरपालिका अवस्थित मिलन चोक पार्टी भेन्युमा उक्त बृहत पुर्ण बैठक कार्यक्रममा आयोजना हुने भएको हो ।
बैठकमा समसामयिक विषयवस्तु लगायत पार्टीभित्रका आन्तरिक एजेन्डाहरुलाई विषयवस्तु केन्द्रित गरेर ती विषयवस्तुहरूमा ब्यापक छलफल गरिने साथै स्थानीय तहको निर्वाचन पश्चात नेकपा एकीकृत समाजवादीकण्ठ नगर कमिटीको यो पुर्ण बैठक मार्फत विभिन्न रणनीतिक योजनाहरू बनाई आगामी दिनका लागि कार्यदिशा तय गरी विभिन्न नगरभित्र रहेका समस्याहरू लाई समेत सम्बोधन हुने गरी र बूढानीलकण्ठ नगरपालिका भित्र रहेका विभिन्न व्यथितिहरुलाई तत्काल रोक्नको लागि सम्बन्धित निकायहरुमा समन्वय गर्ने लगायतका एजेन्डाहरु तय भएको जानकारी प्राप्त भएको छ भने आजै मात्र काठमाडौँ क्षेत्र नम्बर ५ को बैठकसमेत समापन भएको छ ।
बूढानीलकण्ठ नगरपालिका हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस लिदा लिदै एक कर्मचारी समातिएका थिए भने पुलहरी गुम्बाले सार्वजनिक जग्गा समेत अतिक्रमण गरिएको भनी स्थानियहरु द्वारा व्यापक बिरोध समेत भएको थियोे ।







