नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियनले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा सञ्चालित आन्दोलनलाई एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आईसीटियूका अध्यक्ष विष्णु लम्सालले ऐक्यबद्धता जनाउनु भएको छ ।
आज एक कार्यक्रममा उहाँले युनियनले सञ्चालन गरेको शान्तिपूर्ण जायज मागमा आफू र आफ्नो संगठनको पूर्ण समर्थन भएको भन्दै ऐक्यवद्धता जनाउनु भएको हो ।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा श्रमिकले पेशागत हकहितका लागि व्यवस्थापन पक्ष समक्ष राखेका जायज माग उपर व्यवस्थापनले सुनवाई नगरेपछि युनियनले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनलाई एकीकृत ट्रेड युनियन महासंघ, नेपाल आईसीटियूका अध्यक्ष विष्णु लम्सालले ऐक्यबद्धता जनाउनु भएको हो ।
उहाँले श्रमिकको जायज माग वार्ताको माध्यम बाट तत्काल पुरा गर्न व्यवस्थापन पक्षलाई आग्रह गर्दै तत्काल समस्या समाधानको निम्ति व्यवस्थापन पक्ष तयार नभए कडाइसाथ थप आन्दोलन गर्न निर्देशन समेत दिनुभयो ।







