नेपाल आयल निगमले २०८१ साल भदौ ३० गते पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ। नयाँ मूल्य सूचकांक अनुसार पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य घटाइएको छ। इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यको आधारमा नेपाल आयल निगमको मूल्य समायोजन समिति द्वारा गरिएको निर्णय अनुसार पेट्रोलको प्रतिलिटर मूल्य ४ रुपैयाँले घटाएर पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल तथा मट्टितेलको मूल्य पनि ५ रुपैयाँले घटाइएको छ।

यस समायोजन अनुसार पहिलो, दोश्रो, र तेश्रो वर्गको नयाँ मूल्य निम्नानुसार छ:

– पेट्रोल:
– पहिलो वर्ग: १६१.५० रुपैयाँ
– दोश्रो वर्ग: १६२ रुपैयाँ
– तेश्रो वर्ग: १६३ रुपैयाँ

– डिजेल र मट्टितेल:
– पहिलो वर्ग: १२५ रुपैयाँ
– दोश्रो वर्ग: १२६ रुपैयाँ
– तेश्रो वर्ग: १२७ रुपैयाँ

नयाँ मूल्य २०८१ साल भदौ ३१ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय