नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको अहिलेको बिक्री मूल्यमा प्रति लिटर एकैपटक ५ रुपैयाँका दरले वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार, पेट्रोल प्रति लिटर रू। १५० तथा डिजेलरमट्टीतेल प्रति लिटर रू। १३३ पुगेका छन्।

खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको छैन। आन्तरिक हवाई ईन्धनमा भने साविकको बिक्री मूल्यमा प्रति लिटर रू। १० वृद्धि भएको छ।

स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय स्तरमा मूल्य बढेको अनुपातमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिंदै आएको निगमको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय