नेपाल ओलम्पिक कमिटीले “ओलम्पिक डे” को अवसरमा अवार्ड २०२२ कार्यक्रम भव्यतासाथ सम्पन्न गरेको छ।
जुन २३ लाई “ओलम्पिक डे” को अवसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो भने उक्त ओलम्पिक डे को अवसरमा नेपाली खेलकुदसँग जोडिएका विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
नेपाली खेलाडी संग जोडिएको विभिन्न विधामा अवार्ड प्रदान गरेको कमिटीका सदस्य तथा एनओसी अवार्ड कमिटीका समन्वयकर्ता गोपाल सुन्दरलाल कक्षपतिले भन्नुभयो “अवार्ड पाउनका लागि रोचक हुनेछ भने नयाँ पुस्ताका लागि प्रयोगमा पनि रहनेछ हामीलाई विश्वास छ नेपाली खेलकुदमा प्रतिष्ठित अवार्डको रुपमा स्थापित हुनेछ´´।







