चैत १ / नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज हुँदैछ । यूएईको राजधानी आबुधाबीमा बस्ने नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ।
वैदेशिक रोजगारीमा बर्सेनि हजारौं युवाहरु रोजगारको सिलसिलामा युएई जाने गरेको छ । आज हुने बैठकमा युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका बिषयमा पनि बैठकमा छलफल हुनेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ले पर्यटन भिसामा देश बाट युएई रोजगारको प्रलोभनमा पारी ल्याइने गरेको बिषयमा यस अघि आफ्नो ससक्त कदम चालिसकेको छ भने उक्त बैठकमा सो सम्बन्धि पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । आजै मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ ।







