नविना श्रेष्ठ
असार ६,२०८१

नेपाल स्काउटको ७३ औं स्थापना दिवस मुल समारोह कार्यक्रम राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा सम्पन्न भएको छ । मामाननीय युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। काठमाडौं उपत्‍यकामा रहेका सबै प्रशिक्षक, स्काउटर तथा रोभर रेन्जर ट्रपका भाइबहिनी हरु सहित स्‍काउट सदस्यहरू सहभागी रहेको थियो। कार्यक्रममा मार्चपास, सांस्कृतिक झाँकी, तथा विभिन्न परियोजनाहरूको प्रदर्शन समेत गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताउनु भएको छ ।भने उहाँले परिवर्तन आत्मसाथ गर्दै स्काउटको मूल्य मान्यता यथावत् राख्नुपर्ने र समाजमा निस्वार्थ भावना राखेर सहयोग पुर्‍याउँदै आएको स्काउटको महत्व अपरिर्हाय रहेकोले समयको माग अनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेका ‘प्रकृतिसँग नजिक’ र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको उल्लेख गर्नुभयो । स्काउटका माध्यमबाट समाजका विसंगती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उहाँले बताउनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख आयुक्त महेन्द्र राज रंजीतले आफ्नो नेतृत्वमा रहेको कार्यकारी समितिको काँधमा नेपाल स्काउटलाई नयाँ उचाईमा पुर्याउने चुनौती रहेको र आफुहरु उक्त चुनौती सामना गरी संस्थालाई जनजनमा पूर्याउन प्रतिबद्ध जनाए।

कार्यक्रममा निर्देशक राम प्रसाद भट्टराईले आ.ब. २०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ! सोही अवसरमा नेपाल स्काउटको अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई बिभीन्न पदकबाट सम्मान गरिएको थियो । सातैवटा प्रदेश नगरपालिका महानगरपालिका उपमहानगरपालिकामा स्काउटको ठूलो भूमिका रहेको र स्काउट गतिविधिहरू तीव्र गतिमा उत्पादन भइरहेको र साथै स्काउटले गरेका गतिविधि क्रियाकलापहरू सबै सामुहिक कुराहरु राम्रो रहेको बताए। नेपाली स्काउटको ७३औ स्काउट दिवसको अवसर पारी सातैवटा प्रदेशका स्काउट ट्रप,क्र्यू विभिन्न स्थानमा स्थानीय भूमिकाहरू निभाउँदै स्काउट दिवस मनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय