फागुन ३० / नेपाल नगरपालिका संघले देशका सातवटा नगरपालिकालाई उत्कृष्ठ घोषणा गर्दै पुरस्कृत गरेको छ।२९ औँ साधारण सभाको अवसरमा आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पाँच विधामा उत्कृष्ट हुने देशका सातवटा नगरपालिकालाई पुरस्कृत गरिएको हो।
साधारण सभाको अवसरमा आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच पाँच विधामा उत्कृष्ट हुने देशका सातवटा नगरपालिकालाई पुरस्कृत गरिएको हो।त्यसक्रममा प्रधानमन्त्री देउवाले सीमित साधन, स्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाअनुसारको काम गरेर जनताप्रतिको दायित्व र जवाफदेहिता निर्वाह गर्नुपर्नेमा जोड दिए।
संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन्। त्यसैगरी सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएको छ भने
वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट हुँदै पुरस्कृत भएको छ। स्थानीय आर्थिक विकास विधामा सर्लाहीको हरिवन नगरपालिकाले उत्कृष्ट हुँदै पुरस्कार पाएको छ।
त्यसैगरी सामाजिक विकास विधामा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका छन्।स्थानीय स्रोत परिचालन गर्दै स्थानीय विकासमा उत्कृष्ट काम गरेवापत हरिवन नगरपालिकाले पुरस्कार पाएको हो।







