पौष  ७ काठमाडौ /  नेपालको शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।निरन्तर ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने बढेको  छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर २ हजार ५ सय  ७ सयमा पुगेको छ ।

कूल २३३ कम्पनीको ८१ लाख चार हजार ३१९ कित्ता शेयर रु चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, जीवन बीमा ५०२.७७, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८९ अङ्कले उकालो लागेको छ ।कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी १५ करोड ८२ लाख ५४ हजार ४१७, अरुण भ्याली हाइड्रोपावर १३ करोड ९० लाख १७ हजार ३०६, गुर्खाज फाइनान्स १३ करोड ३७ लाख ६५ हजार २२७ र नबिल बैंक ११ करोड ७८ लाख ४५ हजार ६२४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय