काठमाडौं । नेपाली क्रिकेट टिमले आज पपुवा न्यूगिनी पी एनजीसँग क्रिकेट खेल्दै छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा नेपाल र पीएनजीबीचको खेल सुरु हुनेछ ।
नेपाली टिमको लागी यो खेल पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल हो । दोस्रो खेल भने शुक्रबार हुनेछ।







