नेपाली पासपोर्ट विश्वको कमजोर सुचीमा परेको छ।हेन्ले पासपोर्ट इन्डेक्स २०२२ को त्रैमासिक प्रतिवेदन अनुसार नेपालको राहदानी विश्वको सातौं कमजोर रहेको छ ।

नेपाली पासपोर्ट पहुँचका आधारमा ११२ श्रेणीमा विभाजन गरिएको प्रतिवेदनमा नेपालको राहदानी १०६ औँ स्थानमा छ ।प्यालेस्टाइन पनि १०६ औं स्थानमा छ । नेपालको राहदानीमा भिसा अन अराइभलमार्फत ३८ देशमा सीधा पहुँच हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालभन्दा तल प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । अफगानिस्तान प्रतिवेदनको पुछारमा छ ।

अराइभल भिसाका लागि १९३ देशमा सीधा पहुँच सूचीको शीर्ष स्थानमा जापान छ । जापानसँगै सिंगापुर, दक्षिण कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जमबर्ग, अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देश हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय