काठमाडौं, असोज – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताहरूलाई सामाजिक सञ्जालका विश्लेषणमा भर परेर सेयर बजारमा लगानी नगर्न चेतावनी दिएको छ। नेप्सेले आज एक सूचना जारी गर्दै बजार विश्लेषकको मान्यता नेपालमा कुनै पनि निकायले प्रदान नगरिएको स्पष्ट पारेको छ।

सूचनामा, फेसबुक, ट्विटर, क्लबहाउस जस्ता सामाजिक सञ्जालमा देखिने तथाकथित विशेषज्ञहरूको सुझावको आधारमा लगानी गर्दा ठूलो जोखिम मोलिन सक्ने बताइएको छ। यस्ता अनधिकृत विश्लेषकहरूले दिएको सल्लाहमा मात्र भर पर्नुको सट्टा, नेप्सेले यथार्थ बुझेर र विश्वसनीय स्रोतहरूको अध्ययन गरेर मात्रै लगानी निर्णय गर्न आग्रह गरेको छ।

नेपालमा अहिलेसम्म कुनै पनि व्यक्ति वा संस्था सेयर बजार विश्लेषकको रूपमा आधिकारिक रूपमा दर्ता गरिएको छैन। यसकारण, नेप्सेले यस प्रकारका गैर-मान्यता प्राप्त स्रोतहरूको विश्लेषणको आधारमा सेयर खरिद-बिक्री गर्दा जोखिमको सामना गर्नुपर्ने स्थिति आउन सक्ने भन्दै सावधानी अपनाउन सुझाएको छ।

यो सूचना नेप्सेले पछिल्लो समयमा सेयर बजारमा देखिएको सामाजिक संजालमा झुटा जानकारी दिएर म्यानिपुलेन गर्ने अत्याधिक बढेको भनी यस अघि पनि आम लगानिकर्तालाई सचेत गराइएको थियोे भने शेयरबजारमा लगानी गर्दा स्वविचार गरेर र स्वविवेकमा अध्ययन गरि लगानी गर्नुपर्ने भनी पटकपटक सुचनाहरु समेत प्रवाह गर्दै  सम्बन्धित लगानीकर्ताहरूको ध्यानाकर्षण गराउँदै जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय