“नो नट एगेन” फेसबुक पेजबाट भ्रम सृजनागरिएको भनि निर्वाचन आयोग द्वारा जरिवाना गरिने भन्दै बिज्ञप्ति जारी ।निर्वाचन आयोग द्वारा “नो नट एगेन” भनी भ्रामक झुठ तथा निर्वाचनका उम्मेदवारहरु लाई प्रभाववित पार्ने फेसबुक पेज संचालन भएको र त्यसता पेजहरुबाट अनगर्ल विषयहरु तत्काल हटाउन भनी बिज्ञप्ति जारी गरेको छ ।
निर्वाचन आयोग नेपाल द्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने गरी तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरुको उम्मेदवारी दर्ता भईसकेको सन्दर्भमा “No Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज / ग्रुपहरुबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति
तथा भ्रामक र द्वेषपूर्ण श्रव्य / श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भिर ध्यानाकर्षणभएको छ।
झुठ फेसबुक पेज / ग्रुपहरु सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन. २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट). (ठ) र (ङ) को प्रतिकूल रहेको देखिन्छ।उल्लेखित कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज / ग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराईन्छ । साथै उक्त फेसबुक पेज / ग्रुपहरु तत्कालनहटाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ भनी जारी बिज्ञप्तिमा उल्लेख्य गरिएको हो ।







