बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित नौलिन भद्रकाली बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं बार्षिक साधारणसभा हुने भएको छ ।

नौलिन भद्रकाली बचत तथा ऋण सहकारी संस्थाको यहि मिति २०८० सालको पौष महिनाको २१ गते शनिबारको दिनमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित घटचोकमा रहेको ल्वहिती रिसोर्टमा उक्त साधारणसभा कार्यक्रम हुने भएको हो ।

शनिबार हुने सो संस्थाको बार्षिक साधारणसभामा उक्त संस्थाका शेयर सदस्य एव सरोकारवालाहरु सबैमा उक्त सभामा उपस्थितका लागि संस्थाका अध्यक्षद्वारा अनुरोध गरेको छ । नयाँ बस्तीमा प्रमुख कार्यलय उक्त संस्थाको यो १५ औ वार्षिक साधारणसभा हो ।

संस्थाको उक्त साधारणसभामा कार्यक्रममा संस्थाका प्रतिनिधिद्वारा प्रगति विवरण प्रस्तुत गर्ने लगायत अन्य विषयबस्तुहरु समेत रहने जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय