बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चा अव्स्थित नौलिन भद्रकाली मन्दिर देवालको पुर्ण निर्माण हुने भएको छ।

२०७२ सालको भुकम्पले नराम्रो क्षति पुर्याएपछी सो देवाल बस्न लायकको बनेको थिएन । भुकम्प पश्चात् जिर्ण भएको नौलीन भद्रकाली देवाल लाई पुरानै शैलीमा निर्माण गर्नको लागि प्रारम्भिक चरण नाँपजाच सम्पन्न भएको छ।

सो देवाल विगतमा बिभिन्न कारणले निर्माणमा ढिला भएता पनि वर्तमान समयमा यसै वर्ष निर्माण सम्पन्न हुनेगरी वडाध्यक्ष टिकेश श्रेष्ठले प्रमुख प्राथमिकतामा रहेको बताएका छ्न ।

साथमा अध्यक्ष श्रेष्ठले आफ्नो प्रारम्भिक कार्यकालको पहिलो यस ठाउँको महत्वपूर्ण स्थानको रुपमा देवाल रहेको र जसरी पनि यसै बर्ष निर्माण सम्पन गरिने छ भनी बताएका हुन साथै रुद्रमति पुलमा जिर्ण भएको रेलीङ्गको पनि मर्मत को लागि नापजाँच भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय