बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलले शुभ दिपावली, नेपाल संवत् ११४६ अर्थात् न्हूँ दँया भिन्तुना तथा छठ पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

वडा कार्यालयद्वारा मंगलबार जारी सूचनामा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै सो अवसरमा आयोजना हुने कार्यक्रममा सांस्कृतिक समूहका प्रतिनिधि, दलगत प्रतिनिधि, क्लब, महिला समूह, युवा प्रतिनिधि, भद्रभलाद्मी तथा सरोकारवाला सबैलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम आगामी असोज २९ गते बिहान ७:३० बजे, बुढानीलकण्ठ–१३ स्थित सापाटार प्राङ्गणमा आयोजना हुने वडाले जनाएको छ।

वडाध्यक्षको हस्ताक्षरसहित जारी सूचनामा न्हूँ दँया भिन्तुना अर्थात् नेपाल संवत् नयाँ वर्ष ११४६ लाई समुदायबीच भाईचारा, सौहार्द र सहकार्यको प्रतीकका रूपमा मनाइने उल्लेख गरिएको छ।

स्थानीय समुदाय, संघ–संस्था तथा विविध समूहहरूको सक्रिय सहभागितासँगै यस वर्षको न्हूँ दँया भिन्तुना उत्सव बुढानीलकण्ठ–१३ मा विशेष र रंगीन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय