काठमाडौं, ६ असोज ।
नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणसँगै अनपेक्षित कदम चालेका छन् । पदभार ग्रहण गरेलगत्तै कर्मचारीले अघि सारेको पहिलो प्रस्तावमा हस्ताक्षर गर्न उनले अस्वीकार गरेका हुन् ।

मन्त्री खरेलले सचिवद्वारा ल्याइएको छापाखानासम्बन्धी प्रस्ताव तत्काल फिर्ता गर्न भन्दै नयाँ प्रस्ताव तयार गर्न निर्देशन दिए । उनले पाँच मिनेटभित्र वैकल्पिक प्रस्ताव ल्याउन भनेपछि मन्त्रालयमा हतारहतार नयाँ खाका तयार गर्ने कार्य सुरु भएको छ ।

खरेलले विशेष गरी युवासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर प्रस्ताव ल्याउन आदेश दिँदै मन्त्रालयको कार्यशैलीमा परिवर्तन हुने संकेत गरेका छन् । उनका अनुसार, मन्त्रालयले युवालाई समेट्ने र उनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने खालका नीतिगत निर्णयतर्फ ध्यान दिनुपर्नेछ ।

हाल सचिवसहित मन्त्रालयका उच्च अधिकारीहरू वैकल्पिक प्रस्तावका लागि छलफलमा व्यस्त छन् । मन्त्री खरेलको यो पहिलो निर्णयले मन्त्रालयभित्र उत्सुकता र हलचल दुबै सिर्जना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय