माघ ५ २०७८,    / कोभिड १९ संक्रमणको दरमा वृद्धि सङगै देशको प्रमुख मन्दिरहरु पनि नित्य पुजा गर्ने मात्र खुला हुने भएको छ। कोभिडको नयाँ भेरियन्ट सहितको संक्रमण बढ्दै गएपछि बुधबार बाट लागू हुनेगरी धार्मिक कार्यक्रमहरु पनि कम गरिएकाे छ।काठमाडाैं उपत्यकामा लगायत तीन वटा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् भने त्यसबाहेकका पूजापाठहरु नहुने भएको छ।

पशुपति क्षेत्रको पशुपति क्षेत्र विकास काेषले सूचना जारी गरि बुधबारबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएकाे छ।

त्यसै गरि देशको प्रमुख धार्मिक शक्ति पिठहरु मध्य मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजनहरु लाई प्रवेशमा रोक लगाइने भएको छ।कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिएको हो। समितिको हिजो बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय