असार ७ काठमाडौ,

ललितपुर महानगरपालिकाले विश्वसम्पदा सुचीमा सुचीकृत रहेको पाटन दरबार क्षेत्र सवारी साधनहरुलाई निषेध गर्ने निर्णय गरेको छ।

सवारीसाधन विश्व सम्पदा क्षेत्रका यस्ता महत्व बोकेका ठाउँहरूमा आवत-जावत गर्दा सम्पदाहरु कुरुप हुनबाट जोगाउनका लागि ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र भित्र सवारी साधनहरु निषेध गर्न लागिएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभएको हो ।

महानगरपालिका प्रमुख महर्जनका अनुसार बाग्मती पुल देखि जावलाखेल सम्म ५ स्थानमा ट्राफिक लाइट जडान गर्ने, पैदल यात्रु हिड्ने ठाउँमा फुट्पाथ पसलहरू राख्न नदिने, सवारी दुर्घटना काम गर्न मुख्य मुख्य सडकमा सडक बत्ती अ व्यवस्था गर्ने जस्ता योजनाहरु रहेको समेत महानगरको आगामी कार्यक्रमबारे सोमबार पत्रकार सम्मेलनमा बताउनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय