तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभकामना व्यक्त गर्नु भएको छ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एस का अध्यक्ष द्वारा व्यक्त गरिएको शुभकामना
तमु समुदायको महान् पर्व तमु ल्होसार–२०७८ को अवसरमा तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेकपा (एकीकृत समाजवादी) पार्टी र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षको रुपमा मनाइने ल्होसारको छुट्टै सांस्कृतिक महत्व छ । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन् । यस्ता पर्वहरुले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपुर्ण योगदान गरेका छन् ।
सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन तमु ल्होसार पर्वले सवैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै पुन: शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
माधव कुमार नेपाल
अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) तथा पूर्व प्रधानमन्त्री







