नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले ४ अक्टोबर २०२४ मा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र महारानी जेत्सुन पेमासँग भेटवार्ता गरेको छ। भेटमा भुटानका राजपरिवारका अन्य सदस्यहरू पनि उपस्थित थिए।
भेटघाटको क्रममा दुई देशका राजपरिवारबीचको ऐतिहासिक सम्बन्धको चर्चा भएको अनुमान गरिएको छ। नेपाल र भुटानबीचको सम्बन्धलाई मजबुत बनाउन राजपरिवारहरूको नियमित भेटघाटले महत्वपूर्ण भूमिका खेलेको इतिहास छ।
यस भेटवार्ताले नेपाल र भुटानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। पूर्वराजा ज्ञानेन्द्रको भुटानी राजपरिवारसँगको यो भेटघाटले आगामी दिनमा नेपाल–भुटान सम्बन्धमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास जानकारहरु बताउँछन ।
भेटको औपचारिक बिषयबस्तु र छलफलका विवरणहरू हालसम्म सार्वजनिक गरिएको छैन।







