असार ११। बुढानिलकन्ठ  नगरपालिका आ.व २०७७/७८ को बार्षिक नगर बिकास योजना प्रस्तुत गरिसकेको छ ।स्वास्थ सेवा ,शिक्षा,सामाजिक बिकास,भौतिक पुर्बाधार बिकास ,युवा विद्यार्थी सशक्तीकरणकरण, सहकारी , शहरी बिकास, पर्यटन लगायत लाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियोे ।

नगरले सभा सम्पन्न गरिसकेको छ तर केहि ब्यक्ति समुहले भने  अहिले आएको नीति तथा कार्यक्रममा केही बिषयहरु नसमेटिनु पर्न तर समेटेको भनि , बढी नै प्राथमिकता प्रदान गरिएको र केहि निश्चित समुहहरु लाई सहज हुने गरि ल्याइएको भनी चर्चा चलाइरहेका छ।

“शहरी बिकास योजना” शिर्षक अन्तरगत प्रस्तुत गरिएको विषयमा लिएर आलोचना भएको हो । नीति तथा कार्यक्रमले “पाच रोपनी “सम्मको जग्गा किताकात को लागि अब वडा बाट नै सिफारिस दिने बिषय हो।

जानकारवालाहरु का अनुसार ती बिषयहरुमा गरिएको कुरालाई जोडेर मिथ्याबर्णन  (MISREPRENTATION) गरिरहेको कुरा बताउछ्न ,अझ यसलाई प्रष्ट भन्नू पर्दा भु-माफियालाई सहज हुने नीति ल्याइएको भन्नू नै गलत हो यसको मतलब बिना अध्यन नै मिथ्याकुरा गरि दिगभ्रम्भित गर्न खोजिएको हो ।अझ बुढानिलकण्ठ नगरपालिका वडा न १३ मा धेरै खाली जमिन रहेको र तय्ही ठाउँ लाई नै किन केन्द बिन्दु बनाएको होला र अध्यक्ष श्रीकृष्ण श्रेष्ठलाई जोडेर पटक- पटक बदनाम गर्न मात्र खोज्नु को पछाडी रहस्यमय भएको बताउनुहुन्छ।

उक्त बिषयलाई वडा नम्बर  १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले यसरी प्रस्त्याउदै भन्नूहुन्छ “यस ठाँउमा बुढानिलकण्ठ नगरपालिका  अरु  वडाको  तुलनात्मक खाली भुमी/जमिन रहेको र त्यस भुमी लाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ भनी वडा नम्बर १३ लाई प्रदेश सभा सदस्य माननीय दिपक निरौला ज्यु ले पनि विभिन्न कार्यक्रमहरुमा प्रत्यक्ष र अप्रत्यक्ष आफ्नो धारणा र राख्नु हुँदा यस ठाउँमा   कृषि पकेटको   रूपमा बिकास गरिनु पर्छ भन्नू भएको थियोे । म यहाँ फेरि पनि दोहोराउन चाहन्छु ,उहाले भन्नू भएको जस्तो गरिनै यस बु .न. पा. १३ लाई कृषि पकेटको रूपमा प्राथमिकमा राखिएको र आ .व २०७७/७८ अहिलेको नीति तथा कार्यक्रमले उक्त समेटेको पनि छ । अहिले चर्चामा आएको बिषय भन्न् त नमिल्ला त्यो ल्याइएको बिषय हो । यो पनि भन्न चाहन्छु कि भु- माफिया को पक्षपोषण गरिएको भन्नू गलतनियत राखी गरिएको ब्याख्या हो मिथ्या कुरा हुन ,त्यसता कुराको   खासै महत्व राखदैन किनकि नीति तथा कार्यक्रममा स्पस्त भनिएको छ वडा १३ को खाली जमिन लाई कृषि पकेट क्षेत्र बनाउन जग्गा धनी कृषकहरु तयार हुन नसके ब्यवस्थित आवास क्षेत्र बनाउने भनी योजना अगाडि बढाउने र कृषि क्षेत्र र आवास क्षेत्र किटान नगरी जथाभावी किताकात गर्न नदिने जसले यस नगरको दीर्घकालीन योजना र नगरको नारा “स्व्च्छ,शान्त, समृढ पर्यटकिय नगर बुढानिलकण्ठ ” लाई नै असर पार्न काम नीति अवलम्बन गरिएको छैन ।यहाँ निति तथा कार्यक्रममा स्पस्त ब्याख्या गरे जसतै भिरालो ,गहिरो,होचो,खोला छेउ ,जङ्गल छेउ ,सडक छेउका जग्गा बिकास निर्माण गर्दा उपयुक्त नीति सहित भु-उपयोग नीति जारी गर्न र जोखिम न्यूनीकरण निर्देशिका जारी गर्न भनी नीति अवलम्बन गर्दा खुलाएको हुनाले गलत मानसिकता बोकेका हरुको प्रतिक्रिया हो उहाहरुको अनुसार यहाँ त केही बिकास निर्माणको कामै गर्न नहुने जसरी आफ्नो प्रतिक्रिया दिनु हुन्छ प्रतिपक्षीहरु बाट पोषित भएका हरुले हरेक बिषयलाई बिबादास्पद बनाउन खोज्नु नौलो होइन।

त्यसै गरि बु. न. पा १३ का एक स्थानिय अनुसार अहिले ल्याएको नीति तथा कार्यक्रम स्वागत योग्य छ। हामीलाई पनि बिकास चाहिएको छ , हामिलाइ पनि उचित बसोबास गर्न अधिकार छ उनिहरु चाहि सुगम ठाउँमा बस्ने बिकासको पुर्बाधारको भरपुर उपभोग गर्नी अनि हाम्रो ठाउँको बिषयलाइ लिएर के को टाउको दुखाइ ? यस नगरमा अरु ठाउँमा बिकास भैसकेको छ अब बाकी यस वडा हो त्यसैले प्राथमिकतामा राखी नीति निर्माण गरि बिकासले गति लिनुपर्छ । अर्का एक स्थानिय बिद्यार्थी बताउछन भुमि/जमिनको अधिकत प्रयोग गरि र चक्लाबन्दी नीति  मार्फत सामुहिक जग्गा लिएर ६-६ महिना उब्जनी गर्नु भन्दा नगदेबाली ,तरकारी खेती गरि उत्पादन पनि गर्न सकेको खण्डमा यसले  भुमिको अधिकतम प्रयोग  भइ  यस बाट जग्गाधनीले पनि उचित लगान प्राप्त गर्द्छ छ भने दिनहु भान्सामा प्रयोग हुने  तरकारी र मौसम अनुसारको पनि उत्पादन गर्न कुरा लाई बेवास्ता गर्नु हुन्न यी सकारात्मक बिषयलाई पनि अगाडि ल्याउनु पर्दछ। साथै ब्यवथित बसोबास जहाँ सबै सुबिधासमप्न्न भएको शहर पनि अहिलेको समय अनुसार माग हो।  हिजो उचित नितिहरु नबन्दा अव्यवस्थित सहरीकरणले तीव्रता पायो जसबाट नेपालमा आएको भुइचालोले देशको ठुलो धनजनको क्षति भयो यसबाट पनि पाठ सिकि उचित बासस्थान  सहितको  शहर निर्माण गर्न नीति अवलम्बन गरिनु पर्दछ र पुर्बाधार बिकासले गती लिनुपर्दछ अहिलेको समय संसार धेरै अगाडि बढी सकेको हुनाले हामीले पनि समय अनुसार बिकास लाइ तिब्रता दिनु पर्दछ।                                               सम्बादाता:- सुबास श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय