प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममा दुई दिनको छलफलपछि आइतबार बहुमतले पारित गरेको हो ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । त्यसक्रममा नेकपा एमालेको सत्ता पक्षबाहेक अन्य दल र एमालेकै माधव नेपाल पक्षका सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरे ।

आइतबार मुख्यमन्त्री शेरधन राईले दुई दिनको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । मुख्य्मन्त्रीको   सम्बोधनपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो  ।

नीति तथा कार्यक्रममाथि नेकपा माओवादी , कांग्रेस र जसपाले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्रीको सम्बोधनपछि जसपाको तर्फबाट पेश भएको प्रस्ताव दलका नेता जयराम यादवले फिर्ता लिए भने तर  माओवादी र कांग्रेसले पेश गरेको संशोधनको प्रस्ताव फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

 

प्रदेशको १ को नाम यी नामहरु चर्चा मा छन

१) कोशी
२) सगरमाथा
३)कोशी किरात

नाम बढी चर्चामा छ सरकार गठन भएको तीन वर्ष पूरा भए पनि प्रदेश १ को नामाकरण अहिले सम्म हुन सकेको छैन । यस बिषय मा प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै आलोचना भएपछि मुख्यमन्त्री शेरधन राईले जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन प्रस्ताव पेश गरे थिए ।

मुख्य मन्त्रि राइले प्रदेशको नामांकन यस अधिवेशनबाटै हामीले टुङ्याउनु पर्छ भनि भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय