नेपालका नाम कहलिएका पर्यटन ब्यवसायी कर्ण शाक्यले प्रेम प्रसाद आचार्यको आत्मदाहले अब ब्यवसायीहरुले सोच्न बाध्य पारेको भनी चिन्ता व्यक्त गरेका छन ।ब्यवसायी शाक्यले सामाजिक संजाल मार्फत नब्बे प्रतिशत भन्दा बढी साना ब्यापारहरु घाटामा जाने हुँदा त्यस्ता साना उधोगहरुरुलाई प्रवर्द्धन तथा ब्यापारीहरुलाई सुरक्षा राज्यद्वारा प्रत्याभूति गराउनु पर्ने भनी बिचार व्यक्त गरेका हुन ।
राज्यद्वारा ती कुराको प्रत्याभूति गराउन सकिन भने अन्यथा कस्तो परिणाम हुन्छ, हामीले देख्यौं। लघु उद्योग देशको गहना हो।यसले राष्ट्रलाई स्वस्थ संपन्न बनाउंछ। तर नेपालमा केही ठुला घराना ब्यापारीले साराका सारा उद्योगहरू संचालन गर्नुको साथै बैंकहरू समेत चलाएर देशकै अर्थतन्त्र लाई असन्तुलित बनाई रहेको अबस्था छ। राज्यले औद्योगिक सिन्डिकेट छाडातन्त्र तुरन्तै रोक्नुपर्छ भनी सुझाव समेत दिएका छन ।
ब्यवसायी कर्ण शाक्यले थप लेखेका छन कि नयाँ ब्यापार कसरी गर्ने ?
साना ब्यापारीले नयाँ उद्योग सुरू गर्दा धान्न नसकिने ऋण कैले लिनु हुंदैन, किनकी ब्यापार सोचे जस्तो सजिलो छैन।नयाँ ब्यापार बिग्रनुको कारणहरू संचालन खर्च नपुग्नु, बज़ार नपाउनु, ख़राब पार्टनरसिप, रिसर्च नहुनु, मार्केटिंग नपुग्नु अन्य कारण तथा नयाँ ब्यबसायीले संधै सानो स्केल बाट ब्यापार सुरू गरी श्रम मेहेनत साथै धैर्य राख्नै पर्छ। ब्यापार चमत्कार हैन । Ways to avoid failing in business include setting goals, accurate research, loving the work, keep patience and not quitting.
आफ्नो सामाजिक संजालमा सरकारलाई र साना उद्द्म गर्ने उद्द्मीहरुलाइ सुझाव दिएका हुन ।







