आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार सुनको मुल्यमा बढोतरी भएको हो भने चादीको मुल्यमा गिरावट आएको हो।

बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजा १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतिततोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय