बलिउड अभिनेत्री एक कार्यक्रममा सहभागी हुनको लागि! ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।
यहि शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी आज अपरान्ह काठमाडौं आइपुगेकी हुन् ।
त्रिभुवन विमानस्थलमा ज्याकलिनलाई आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरे । ज्याकलिनले बलिउडमा धेरै उत्कृष्ट चलचित्रहरुमा अभिनय गरिसकेका छिन ।







