काठमाडौं – बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के आज बुढानीलकण्ठ मन्दिरमा दर्शन गर्न आएका छन्।

 

मन्त्रि मास्केले मन्दिरमा पूजा अर्चना गर्दै धार्मिक र सांस्कृतिक महत्त्वको सम्मान गरे। यस अवसरमा, बुढानिलकण्ठ नगरपालिकाका मेयर र उपमेयरले मन्त्रीलाई स्वागत गरेका थिए। साथै, मन्त्रीलाई बुढानीलकण्ठ विकास समिति (क्षेत्र विकास समिति) का प्रतिनिधिहरूले पनि स्वागत गरेका छन्।

 

मन्त्री मास्केले मन्दिरको संरक्षण र विकासको महत्वलाई जोड्दै भने, “बुढानीलकण्ठ मन्दिर हाम्रो सांस्कृतिक र धार्मिक धरोहर हो। यसलाई संरक्षण र विकास गर्ने हाम्रो दायित्व हो।” भनी बताएका थिए। मेयर , उपमेयर र क्षेत्र विकास समितिका प्रतिनिधिहरूले मन्त्रीलाई मन्दिरको अवस्थाबारे जानकारी गराउँदै, यस धार्मिक स्थलको सुधार र व्यवस्थापनका बारेमा छलफल समेत गरेका थिए। मन्त्रि मास्केको यो भ्रमणले मन्दिरको धार्मिक महत्त्वलाई पुनः पुष्टि गर्दै, स्थानीय समुदाय र विकास समितिका प्रयासलाई थप प्रोत्साहित गर्ने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय