बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भएकी छन् यद्यपि मन्त्रालय भने हालसम्म तोकेको छैन ।
बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजको बिश्वासको मत लिएका थिए । नेकपा एकीकृत समाजवादीकि सासद रमा आले मगरलाई सोमबार मन्त्री नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
बागमती प्रदेश प्रमुख कार्यालयमा मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको भनि जानकारी प्राप्त भएको छ । सात दिनभित्र जिम्मेवारी दिने मुख्यमन्त्री जम्कट्टेलले प्रतिबद्धता जनाएको हुनाले शपथ कार्यक्रममा सहभागी हुनेछ ।







