प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो, र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सुरक्षित एकीकृत बस्ती निर्माणको योजना अघि बढाउने घोषणा गर्नुभएको छ।

प्रधानमन्त्रीले बालुवाटारमा खोटाङ जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट प्राप्त ज्ञापनपत्र ग्रहण गर्दै पुनःनिर्माण र पुनःव्यवस्थापनको काम तत्काल सुरु गरिने जानकारी दिनुभएको हो।

प्रधानमन्त्री ओलीले आउँदो बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत, अस्थायी आवास, र पुलहरूको पुनर्निर्माणका लागि ठोस निर्णय गरिने बताउनुभयो। उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सरकार दृढ रहेको र पुनःस्थापनाको कार्यलाई प्राथमिकतामा राखिने समेत उल्लेख गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय