असार १९, काठमाडौ /बालुवा, गिट्टीको उत्खनन संसारको सबैभन्दा ठूलो उत्खनन हो । बिश्वका केहि यस बिषयका तथ्यांक लाई आधार मान्दा संसारमा कुल उत्खननको ८५ प्रतिशत हिस्सा गिट्टी, बालुवाको छ । बिश्वामा बढ्दो शहरीकरण र ठूलो संख्यामा भइरहेको बिकास निर्माणजन्य कार्यले बालुवा, गिट्टीको माग बढ्दैछ । एक अध्ययन अनुसार विश्वभरि वार्षिक ३२ अर्ब टन बालुवा र ५० अर्ब टन गिट्टीको उत्खनन हुन्छ । तर मुख्य प्राकृतिक श्रोत खोला, नदीहरू नै यो उत्खननको हो । बालुवा, गिट्टी उत्खननले वातावरणमा प्रतिकूल प्रभाव परेको कारण यसको उचित नियमन गर्नुपर्ने आवाज संसारभर उठिरहेको छ । हाम्रो देशको सन्दर्भमा पनि विगतदेखि यस्तो आवाज जोडदार रूपमा उठ्दै आएको छ ।
चालु आर्थिक वर्षको बजेटमा यस बिषय गिट्टी, बालुवा निकासी गरेर व्यापारघाटा कम गर्ने सरकार घोषणाले गर्दा झन् यसलाई राष्ट्रिय बहसको मुद्दा नै बनाइदिएको हो ।
पक्ष–विपक्षमा विभाजित रहेकाहरुले यस्तो बिषयमा लिएको नितिलाइ त यति सम्म भने ‘घर आगो लगाएर खरानी ब्यापार गर्न” भन्नेसम्मको टिप्पणी गरेपछि यो विषय, बहस अझ गम्भीर भएको छ ।
यस बिषयमा यति बहस भयो कि केन्द्र सरकार हुदै प्रदेश सरकारहरू पनि पक्ष–विपक्षमा बाँडिएका छन् । जुनसुकै दृष्टिकोणबाट आएका तर्क–वितर्कहरू किन नहुन्, ती हचुवाकै भरमा पक्कै आएको भन्न मिल्दैन । यसका सकारात्मक र नकारात्मक पक्षहरु रहेका छन सर्बोच्च अदालतमा यस सम्बन्धी मुद्दा विचाराधीन छ ।
आरोप–प्रत्यारोप र बालुवा, गिट्टीमाथिको राजनीतिभन्दा माथि उठेर एउटा उपयुक्त र सर्व स्वीकार्य विकल्पमाथि छलफल हुन अत्यावश्यक भइसकेको सन्दर्भमा विश्वका अन्य मुलुकमा भएका नीति , नजिर बाट पनि बालुवा, गिट्टी उत्खननका अभ्यास तथा समस्याहरूको विश्लेषणको आधारमा एउटा उपयुक्त विकल्प हुन सक्छ कि?







