शिक्षा भनेको के हो ?आज हामी ज्ञानको कुरा गर्छाे,विज्ञानका तर्कहरु राख्छौँ ति ज्ञान र विज्ञानका तर्क राख्न सक्ने बनाउँने अस्त्र नै शिक्षा हो।कक्षा कोठा भित्र पढ्ने किताब मात्रै शिक्षा होइन कक्षा कोठा देखी हाम्रो व्यवहारिक जीवन अन्तर्गत सिक्ने सीपहरु अथवा पाठहरुनै शिक्षा हो।यस जगतमा जन्म पछि मृत्यु नहुनजेल सम्म जे जति सिक्छौँ जस्ले हामीलाई विभिन्न क्षेत्रमा अब्बल बनाउँछ त्यो नै हो शिक्षा हो ।
आजको युगमा विज्ञानले ठूलो फड्को मारेको छ ।
विदेशी राष्ट्रहरुलाई नियाल्ने हो भने अनुसन्धान र खोजीको कार्यहरुमा तिव्र गतिमा अघि बढेको पाइन्छ भने ढुङ्गाबाट आगो बाल्न सिकेको मानव सभ्यताले आजको दिनमा अन्तरिक्षमा बस्ती बनाउँने प्रयत्न गर्दैछन बास्तबमा मानव सभ्यताले हासील गरेको उन्नतिले आज पुरै विश्व जगतनै स्तब्ध छ प्रत्यक पाइलामा सफलताको दिप बाल्दै आशाका किरणहरुले मानव सभ्यतालाई छहारी दिदैछ।
हाम्रो राष्ट्र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्न हो भने हामी साँचीकै धेरै पछि परेका छौँ।भौतिक तथा शैक्षिक दृष्टिकोणलाई मध्य नजर गर्न हो भने पनि हाम्रो गतिविधि धिमा गतिमा चलेको छ।हाम्रो मुलुकमा जुनै सरकार आए पनि विज्ञान र प्रविधीलाई खासै महत्वमा राखेको पाइदैन।हामीले शिक्षाको महत्व अझै बुझ्न सकिराखेका छैनौँ।हाम्रो गाउँ समाजमा शिक्षाको नाममा जिम्मेवारी भनेको परिक्षामा कति अङ्क प्राप्त भयो कक्षा कोठामा कुन स्थान हासिल गर्यो भन्ने भ्रममै प्रत्यक व्यक्तिको शैक्षिक गुणस्तरियताको मापन हुन्छ।किताब रटेर परिक्षामा उतिर्ण गर्नु मात्रै शिक्षा होइन आफुले आर्जन गरेको ज्ञानलाई व्यवहारीक जीवनमा लागु गर्नसक्नु भनेको शैक्षिक दृष्टिकोणबाट परिपक्क हुनु हो।
आज यस राष्ट्रहरुमा विधार्थिहरुले स्नातकतह उत्तीर्ण गर्दा पनि आफ्नो भविस्य नदेखेको अवस्था बन्दै गएको छ।हामीले हाम्रो शिक्षालाई उत्पादन र ब्यवहारित्कता सङ्ग जोड्न सकिराखेका छैनौँ।हामी किताबमा पढेको कुरालाई व्यवहारीक जीवनमा उतार्न जान्दैनौँ त्यो नै आजको शैक्षिक राष्ट्रियस्तरको समस्या हो । विज्ञान तथा खोजमा हाम्रो चासो नै देखापर्दैन। केहि सिमित व्यक्तीहरुमा मात्र खोज अनुसन्धानको उत्सुकता पाइन्छ तर बिडम्बनाबस उनिहरुले अवसर पाइराखेका हुदैनन्।आजको अवस्थामा हामीलाई के गर्न भन्ने जानकारी हुन्छ तर कसरी गर्न भन्ने थाहा हुँदैन।यसले हाम्रो शिक्षामा व्यवहारीक ज्ञानको कमि भएको प्रष्ट पार्दछ । शिक्षाको नाममा माफियातन्त्र र लुटतन्त्र मात्रै फैलिएको छ भने देश हाक्ने नेतृत्वतहले शिक्षालाई गहिरो अध्ययन नगरि निती एवं नियम बनाएको भन्दा पनि फरक पर्दैन।
हामी एउटा उदाहरण लिन सक्छौ जस्तै कक्षा कोठामा कुनै बोटविरुवाको अध्ययनयन गर्छाेँ तर वास्तविक जीवनमा त्यो बोटविरुवाको यथार्थ चित्रण गर्न भने असफल हुन्छौं।विद्यार्थीहरुलाई प्राविधिक ज्ञानको पनि खाँचो पर्दछ।बिद्यार्थीहरुलाइ व्यहारीक रुपमा सिकाइन्छ भने उनिहरुमा नयाँपनको सुरुवात हुन्छ साथै खोजी अनुसन्धान जस्ता कार्यहरुमा अब्बल बन्दै जान्दछन । आजको अवस्थालाई हेर्न हो भने ग्रेड सिटमा `ए´ प्लस हुन्छ तर उसमा ए´ प्लस त परै जाओस `बी´ बराबरको पनि सिकाइ अथवा ज्ञान मेट्न सकिदैन किनकि हाम्रो शिक्षामा बिद्यार्थीलाई शिक्षीत बनाउँनुको साटाे शिक्षालाइ बेचेर थुप्रै धन कमाउने अभ्यास चल्दै छ भने दुइमत नहोला भन्न सकिन्न । राजनितीक दलको शैक्षिक क्षेत्रमा आफ्नो स्वार्थ अनुकूल भैदिदा झन समस्या सृजना भएको छ । निजी शैक्षिक संस्थाहरु नामका विदेशि दलाल र माफीयाहरुले मज्जाले चलाउँदै आएका थुप्रै उदाहरण हाम्रो सामु छन बिद्यार्थीका अभिभावकलाई पनि राम्रा ग्रेड बेचेर सन्तुष्ट पर्दैछन्।अभिभावकले पनि आफ्नो बच्चाको ग्रेड राम्रो आएको छ भने उसले राम्रो ज्ञान आर्जन गरेको छ भन्ने भ्रममा पर्छन।उसको वास्तविक खुबीको परिक्षण गर्न चासो र समयदिन फुर्सद नै हुँदैन।
आज हातमा डिग्री हुन्छ तर डिग्री अनुसारको ज्ञान हुँदैन वास्तविक शिक्षाको परिभाषा अझै पनि बुझ्न गारो हुँदैछ। सरकारले शिक्षालाई जति सक्दो व्यहारीक बनाउन खोज्ने हो भने त्यस्को नतिजा पक्कै सकारात्मक नै आउँछ पढाइका साथ-साथै दैनिक जिवनमा आवश्यक पर्ने कर्मको सीपको सिकाइ हुनपनि जरुरी छ।सैद्धान्तिक सिकाइ भन्दा व्यवहारिक सिकाइ बढि प्रभावकारी हुन्छ आफुले ज्ञान आर्जन गरिसके पश्चात त्यो ज्ञान अरुलाई पनि बाढ्न सक्नुपर्छ। मानवको वास्तविक जीवन भनेको नै खोज हो यस जगतमा प्राचीन काल देखी आजको दिनसम्म मानव जातीले विभिन्न कुराको खोजी र आविष्कार गरिसके मानव सभ्यताले उत्कृष्टताको सिमा छुन आँटिसके छ यी सबै सफलताको कारक भनेको शिक्षा नै हो।
न्युटनका नियमहरु हामी पढ्छाैँ त्यो पढ्नु भनेको सैद्धान्तिक ज्ञान प्राप्त गर्नु हो उसका नियमलाई बुझेर सामान्य जीवनमा लागुगर्नु त्यो व्यवहारीक ज्ञान हो त्यो नियमको पालना गरि नयाँ कुराको खोजी गर्न खोज्नु भनेको अनुसन्धान गर्नु हो एउटा प्रक्रीयाबाट हामीले तिन प्रकारका ज्ञान आर्जन गर्न सक्छौँ। सैद्धान्तिक,व्यवहारिक र अनुसन्धान हामीले कुनै सीप सिक्छौ भने सोहि सीपबाट हामी व्यक्ति र सिङ्गो राष्ट्रलाई फाइदा पुग्नुपर्छ। वैज्ञानिकहरु प्रतिपादित प्राय व्यवहारीक कार्यसँग सँलग्न भएका हुन्छन् ।त्यसकारण उनिहरुले नयाँ-नयाँ कुराको खोजी गर्न सक्षम हुन्छन्। हामीहरुले खोजी गर्नका निम्ति खोजी गर्ने प्रयास गर्नु पर्छ। राष्ट्रको शिक्षा नितीले पनि व्यवहारीक शिक्षालाई जोड दिनुपर्छ जस अन्तर्गत विध्यालयहरुमा पढाइने सैद्धान्तिक ज्ञानलाई व्यवहारीक रुपमा पनि उतार्न सिकाउनु पर्छ।यसले शैक्षिक गुणस्तरियमा बढावा देखा पर्छ भने राष्ट्रले शिक्षित र सक्षम व्यक्ती प्राप्त गर्छ।







