साउन १४,काठमाडौ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ ले सुचना जारी गर्दै यहि साउन १५ र १६ गते २ दिन भेरोसेल खोप को पहिलो मात्रा लगाउने वारेमा सूचना जारी गरेको छ । नौलिन माध्यमिक बिधालय वडा नम्बर १३ अगाडि रहेको स्थानमा खोपकेन्द्र निर्धारण गरिएको हो ।
४५ बर्ष भन्दा बढी उमेर समुहका लागि भेरोसेलको पहिलो मात्रा खोप दिने भनिएको उक्त सुचनामा स्थायी र अस्थायी बसोबास गर्न ब्यक्तिहरुका लागि कोभिड-१९ विरुद्धको भेरोसेलको पहिलो मात्रा लगाउन सम्बन्धि सुचना जारी गरेको छ।
खोपकेन्द्रमा स्वास्थको मापदण्ड पुर्ण पालना गरिने र बिहान १० बजेर ३० मिनेट बाट साझको ४ बजे सम्म समयपनि निर्धारण गरेको छ। खोपकेन्द्रमा आउँदा उमेर खुल्ने परिचयपत्रको साथमा आउन आग्रह गरेको छ।
हेर्नुहोस सुचना:-








