२० गते,काठमाडौ।बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ को पहलमा बुढानिलकण्ठका आइसोलेसन केन्द्र अस्थायी ओपिडी अस्पताल तथा स्वास्थ चौकीहरु लाई ८ वटा अक्सिजन कन्सन्ट्रेटर बितरण गरिएकाे छ ।
ती अक्सिजन कन्सन्ट्रेटरलाइ वडाध्यक्ष श्रेष्ठले विएमसी स्कूलकाे आइसाेलेसन सेन्टरमा २ वटा , बुढानिलकण्ठ नगर अस्पताल अस्थायी ओपिडी सेवा सेन्टरमा २ वटा, वडा नं ६ र ७ काे स्वास्थ्य चाैकीलाइ १ वटा , वडा नं १३ लाई २ वटा र वडा नं ३ मा रहेकाे स्वास्थ्य चाैकीमा २ वटा प्रदान गरिएको हो
बुढानिलकण्ठ वडा नं ३ को कार्यालय तथा वडाध्यक्ष श्रेष्ठकाे व्यक्तिगत पहलमा दाताबाट संकलन गरि ती अक्सिजन कन्सन्ट्रेर बितरण गरिएको हो। यसले अप्ठ्यारो परिस्थिति र अक्सिजन नपाएको बेलामा अस्पताल सम्म नपुगी उपचार गर्न कठिनाइलाई सहज हुने कोभिड को बिरामीलाई केही राहत भन्ने अवस्य प्राप्त हुनेछ।







