साउन १३ काठमाडौ /बुढानीलकण्ठ नगरपालिका १३ अवस्थित आज विभिन्न ठाउँमा गएको पहिरोको निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा बुढानीलकण्ठ नगरपालिका १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ इन्जिनियर राजेन्द्र श्रेष्ठ लगायत समाजसेवी टेकनारायण श्रेष्ठको उपस्थितिमा निरीक्षण गरिएको थियोे।

इन्जिनियर राजेन्द्र श्रेष्ठका अनुसार बर्सेनि बर्खा लागेसंगै सबैजना प्राकृतिक विपत्ति आउनुभन्दा अगाडि सचेत रहनुपर्दछ र भिरालो जमिनहरुमा रुखहरु रोप्न सल्लाह पनि दिनु भएको छ भने पहिरो जाने खतराहुने ठाउँहरुमा मानब बस्ती बिस्तार गर्न नहुने पनि बताउनु भएको छ।

बुढानिलकण्ठ नगरपालिका १३ मा प्राकृति बिपत्ति ठुलो अहिले सम्म नआएको र अहिले पनि पहिरोले ठुलो क्षति भने नभएको जानकारी दिएको छ तर प्राकृतिक बिपत्ति प्रती सबै वडाबासी सचेत रहन भने आग्रह वडाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले गर्नु भएको छ।प्राकृतिक बिपत्ति विरुद्ध वडाले नगर सङग सहकार्य पनि गरिरहेको बताउनु भएको छ।त्यसै गरि प्राकृतिक बिपत्तिहरु प्रती हामीहरु स्वयम् सचेत रह्नु पर्छ र भिरालो ठाउँमा घरहरु बनाउन नहुने र पहिरो नियन्त्रणका लागि चाहिने उपायहरुको अवलम्बन गरनु पर्ने समाजसेवि टिकेस नारायण श्रेष्ठले स्थानिय बासीहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय