चैत ७ काठमाडौ  / नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को पार्टी कार्यलय उद्घाटन कार्यक्रम आयोजना भएको छ।नेकपा एकीकृत समाजवादीले स्थानिय निर्वाचनको मिति घोषणा सङ्गै संगठन बिस्तार तथा वडा कार्यलय लगायतका आन्तरिक र निर्वाचनलाई केन्द्रित गरेर आफ्नो गतिविधिलाई तिव्र बनाउदै लगेको छ।

उक्त कार्यलय उद्घाटन कार्यक्रममा वडा नं. १० का पार्टी अध्यक्ष केदार प्रसाद चौलागाईंको अध्यक्षता र नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष  कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा  कार्यक्रम आयोजना गरि उक्त वडा पार्टी कार्यालय उद्घाटन गरिएको हो।

कार्यक्रम  नेकपा एकीकृत समाजवादी पार्टी वडा सचिव विश्ववल्लभ नेपालले सञ्चालन गरेका थिए भने  उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य सीता श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य ठाकुर प्रसाद खकुरेल, कुमार ओझा, विष्णुप्रसाद शर्मा, निरञ्जन नेपाल, बूढानीलकण्ठ नगरपालिका नेकपा (एस)  १० वडा कमिटीका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद दाहाल, कामनपा ७ पार्टी वडा सचिव मुकुन्द अधिकारी लगायत नेकपा एकीकृत समाजवादी पार्टीका  कार्यकर्ताहरु बाक्लो उपस्थिती रहेको थियोे करिब सयभन्दा बढीको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय