भदौ २८ काठमाडौ /बागमती अन्लाईन खबर
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा आज नेकपा एकीकृत समाजवादी निकट बृहत युवा बिस्तारित बैठक आयोजना भएको छ।
आज भएको उक्त कार्यक्रममा वडा नम्बर १२ को रबि
सुवेदीको नेतृत्वमा ३५ सदस्य सहितको कमिटी गठन भएको हो।उक्त कार्यक्रमको संचालन नेकपा (एस) १२ का अध्यक्ष रामशरण सापकोटाले गरेका थिए भने कार्यक्रममा स्वागत मन्त्बय बुढानिलकण्ठ नगरपालिका युवा संघ नेपाल का अध्यक्ष आकाश श्रेष्ठले राखेका थिए। आजको उक्त कार्यक्रममा काठमाडौ जिल्ला सदस्य तथा क्षेत्र नम्बर ४ का संयोजक धुर्बराज न्यौपानेले युवाहरु लाई नेकपा (एस) मा रातो टीका लगाएर स्वागत गरेका थिए । 
आज भएको बृहत युवा भेलामा प्रमुख अतिथिको रूपमा काठमाडौ जिल्ला सदस्य तथा क्षेत्र नम्बर ४ का संयोजक धुर्बराज न्यौपाने रहेका थिए भने विशेष अतिथिमा निरन्जन नेपाल तथा अतिथिमा युवा संघ नेपालका केन्द्रिय सदस्य मनोज श्रेष्ठ, जीवन थापा ,अनेम संघ बाट पुष्पा खड्का लगायत रामप्रसाद कुइकेल,बिष्णु भट्टराई बुढानिलकण्ठ नगरपालिका युवा संघ नेपालका उपाध्यक्ष बिशाल काफ्ले खत्री तथा सचीव योगेन्द्र थापा समेतको उपस्तिथीमा कार्यक्रम भब्य समापन गरिएको थियोे ।







