भदौ १२,काठमाडौ/बागमती अन्लाईन खबर
नेकपा एमाले केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा संगठन विस्तारमा सक्रियता बढाएको छ आज मात्र बुढानीलकण्ठ नगरपालिका विभिन्न वडाहरुमा जनवर्गीय संगठन पुर्नगठन कार्यक्रमहरु आयोजना गरिएको थियो।
काठमाडौ क्षेत्र नम्बर ४ आफ्नो निर्वाचन क्षेत्रका १२ वटा वडा कमिटीले पूर्णता पाएसँगै जनवर्गीय संगठन पुनः गठनलाई तीव्रता प्रदान गरेको छ भने पुर्नगठन भएका संगठनलाई प्रशिक्षण प्रदान गर्नुहुदै विभिन्न सामाजिक गतिविधिमा परिचालन गर्न समेत निर्देशन दिएको छ।
डा.भट्टराईको निर्वाचन क्षेत्र काठमाडौ क्षेत्र नं ४ का वडाहरुमा वडा नम्बर ८ ,११ र १३ मा संगठन विस्तारगर्न क्रममा युवा संघ नेपाल , जेष्ठ कम्युनिस्ट मञ्च ,अनेम संघलाई बिस्तार कार्यक्रमहरुको आज समापन गरिएको थियो।







