काठमाडौं । बुधबार छापावाल सुनको मुल्य ६०० रूपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको सुन, आज भने ६०० रूपैयाँले घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मुल्य प्रतितोला १३ सय रुपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर १२ सय ९० रूपैयाँ कायम भएको छ ।







