बूढानीलकण्ठ किर्ते मतदाताको बिषयमा नगरको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र औपचारिक धारण नआउँदा अस्तित्व माथी प्रश्न खडा।बूढानीलकण्ठ नगरपालिकामा किर्ते मतदाता नामावलीको कारण सिङ्गो बूढानीलकण्ठ नगरपालिका अहिले चर्चामा रहेको बेला स्थानिय निर्वाचनमा तेस्रो शक्तिको रुपमा रहेकोे नेकपा एकीकृत समाजवादी लगायत माओवादी केन्द्र र अन्य दलहरुले अहिलेसम्म सो बिषयमा केही औपचारिक धारणा नराख्दा बूढानीलकण्ठमा ती दलहरुको अस्तित्वमाथी प्रश्न उठाएको छ।
निर्वाचन कार्यलय काठमाडौले सो बिषयमा स्पसटिकरणका लागि बूढानीलकण्ठ नगरपालिका लाई उपस्थिति हुन भनी पत्र काटिसकेको अवस्था छ। करिब ७०० जना भन्दा धेरै ब्यक्तिहरुको नगरपालिकाको विभिन्न वडाहरुको मतदाता नामावलीमा नाम रहेको र बिना प्रक्रिया एवं प्रयाप्त कागजात बिना राजनैतिक पहुँचको आधार मतदाता परिचयपत्र बनाउन सिफारिश दिएको भनी व्यापक बिरोध भैरहेको अवस्था सो बिषयमा नेपाली काङ्ग्रेसले बिरोध गरिरहदा बूढानीलकण्ठ नगरपालिकाको तेस्रो ठूलो द्ल नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्रको साधारण ध्यानाकर्षण पत्र समेत सार्वजनिक नगरेको भनी सोहि दलका नेताहरूले नगरकमिटिलाई सो बिषयमा जानकारी नभएको होकि भनी व्यंग्यात्मक टिप्पणी गर्न थालेको छ।
बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताको हातमा यसपटक पनि रङ्गेहात एमाले जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेटिएपछि किर्ते मतदाता प्रकरण भेटिएका थिए । वडा पञ्जिकरणमा व्यापक किर्ते भएका कागजपत्र भेटिएपछि नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालयमा गएर उजुरी गरेपछी कारवाही स्वरुप निर्वाचन कार्यलयले बूढानीलकण्ठ नगरपालिका तथा वडाहरुलाई पत्र काटेको थियो।
स्मरण रहोस कि नेपाली काङ्ग्रेस लगायत नेकपा एकीकृत समाजवादी माओवादी केन्द्रको गठबंधनको सरकार छ भने आसन्न प्रदेश तथा संघको निर्वाचनमा मिलेर जाने लगभग पक्का भएको अवस्थामा बूढानीलकण्ठ नगरपालिकाको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्रले किर्ते मतदाता मुद्दामा सार्वजनिक अभिव्यक्ति दिले त ?







