यहि माघ १५ गते बसेको बूढानिलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकले बूढानिलकण्ठ नगरपालिकाले सल्लाहकारमा बूढानीलकण्ठ नगरपालिका १३ का पुर्व वडा अध्यक्ष एवं समाजसेवी श्रीकृष्ण श्रेष्ठलाई चयन गरेको छ।
सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा पहिचान बनाएका र लामो समय विविध विद्यामा योगदान पुर्याएका बूढानीलकण्ठ नगरपालिकामा रहेका सामाजिक प्रतिष्ठित ब्यक्तिहरुबाट सात जना सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको छ ।कार्यपालिकाको सो बैठकले बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का पुर्व वडाध्यक्ष एवं समाजसेवी तथा नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटीका सचिव समेत रहेका श्रीकृष्ण श्रेष्ठलाई राजनीतिक सल्लाहकारको रुपमा चयन गरेको छ।
साथै कार्यपालिका उक्त बैठकले नगरपालिकाको अन्य सल्लाहकारहरुमा पुर्व उपसचिव तथा सडक विभागका पुर्व डिजी रामकृष्ण सापकोटा,महालेखा नियन्त्रकको कार्यालयका पुर्व नायब महाप्रवन्धक त्रिलोचन आचार्य,काठमाण्डौ जिल्लाका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठ,भानुभक्त मेमोरियल मा.विका पुर्व प्रधानाध्यापक बम बहादुर मोक्तान,चिकित्सा अध्ययन संस्थानमा लामो समय सेवा पुर्याएका ईश्वरी खनाल तथा अधिवक्ता किरण शाहलाइ नगरपालिकाको सल्लाहकारमा चयन गरेको हो ।







