मिटरब्याज सम्बन्धि व्यापक जनगुनासो बढेसङ्गै स्थानिय निकायहरुलाई जिल्ला प्रशासन कार्यलयले त्यस्ता गतिविधिमा सङ्ग्लन हुने ब्यक्तिहरुलाई प्रमाणसहित निवेदन दिन अनुरोध गरेको छ ।

यहि क्रममा बुढानिलकण्ठ नगरपालिकाले मिटर ब्याज पिडितहरुको विवरण संकलनका लै सुचना जारी गरेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम अर्यालले सुचना जारी गर्दै मिटर ब्याज पिडितहरुलाई प्रमाण सहित निवेदन दिन  लागि अनुरोध गरेका छन।

जिल्ला प्रसासन कार्यालय काठमाण्डौले बैशाख १५ गते गरेको पत्राचार अनुसार कुनैपनि अनुचित लेनदेन ( मिटर ब्याज ) भएको भएमा सबुत प्रमाण सहित जिल्ला प्रसासन कार्यालय वा अनलाइनबाट निवेदन दिन सकिने नगरपालिकाले सुचना मार्फत जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय