नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर पार्टी शुद्धीकरण तथा संगठन परिचालन अभियानमा १ महिने संगठन परिचालन अभियान नगरकमिटिले सुचारू गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको दिनबाट सुरु गरिएको उक्त पार्टी शुद्धीकरण तथा संगठन परिचालन अभियानमा नेकपा माओवादी केन्द्रका पार्टीको तल्लो कमिटी लगायत केन्द्रिय कमिटी सम्मका नेताहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियोे ।

कार्यक्रममा स्थानिय तहको निर्वाचनको समिक्षा लगायत अन्य बिषयबस्तुमा बृहत् छ्लफल भएको थियोे भने नेपाल कम्युनिस्ट पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठप्रती गहिरो भाव व्यक्त गर्दै कम्युनिस्टहरुको आन्दोलन तथा त्यागतपस्या बाट नेपाल राजतन्त्र हुँदै गणतन्त्र सम्म पुग्दा लोकतन्त्र स्थापित गर्ने सम्मको देशको यात्रामा कम्युनिस्ट आन्दोलनको भुमिका अतुलनीय रहेको नेताहरुले बिचार समेत व्यक्त गरेका थिए त्यसैगरी स्थानियतहको निर्वाचनमा पनि स्वार्थको साथमा पार्टीमा आवद्ध हुने र स्वार्थ पूरा नभए पछि पार्टी परित्याग गर्ने एवं निष्क्रिय भैदिने परिपाटीले सिङ्गो संगठन लाई नकारात्मक असर पारेको भनी बूढानीलकण्ठ नगरकमिटी अध्यक्ष भाइनारायण श्रेष्ठले आफ्नो विचार व्यक्त गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय