बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेवारी खाजा बनाउने तालिम हुने भएको छ।
वडा नं १३ ले सुचना प्रकासित गर्दै तालिममा सहभागी हुन् इच्छुक वडावासीलाई ७ दिन भित्र निवेदन दिनका लागि अनुरोध गरेको छ।
बूढानीलकण्ठ नगरपालिकामा विशेषत वडा नम्बर १३ मा नेवारी समुदायको बाहुल्य रहेको स्थान र त्यहाको भौगोलिक एवं सामाजिक संरचना समेत नेवारी परम्परामा आधारित रहेको स्थान हो ।
बूढानीलकण्ठ नगरपालिका वडा १३ का प्रतिनिधिले जानकारी दिए अनुसार यो एउटा स्वरोजगारमुलक र नेवारी संस्कृतिको अभिन्न अङ्ग परिकारहरुको पहिचानको कार्यक्रम समेत रहेको हुदा वडाबासीहरुलाई लाभलिन अनुरोध समेत गरेको छ ।







